उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारी नगर कमिटीको बैठकले मेयरमा ३ जनाको नाम सिफारिस गरेको छ ।
नेकपा माओवादी केन्द्र प्रदेश नं. १ का सदस्य तारिलाल धिमाल (प्रवेश), जिल्ला समन्वय समितिका सदस्य पदम राई र नगर अध्यक्ष गजेन्द्र दंगालको नाम सिफारिस गरेको हो । त्यस्तै, उपमेयरमा जिल्ला समन्वय समितिका सदस्य टिकाकुमारी भट्टराई (शिला) र नगर कोषाध्यक्ष रमा थापाको नाम सिफारिस भएको छ । पार्टीको निर्देशनअनुसार जिल्ला समन्वय समितिमा मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यहरुको नाम सिफारिस गरिएको नगर सचिब पवन चौधरीले जानकारी दिनुभयो ।























