उर्लाबारी । राष्ट्रिय प्रजातन्त्र पार्टी उर्लाबारीलाई उम्मेद्वार छान्न सकस परेको छ ।
वडाध्यक्षमा धेरै आकांक्षी देखिएपछि उम्मेद्वार टुंगो लगाउन सकेको छैन । यद्यपी केही वडामा सर्वसम्मत उम्मेद्वार छानेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले उर्लाबारी–२ र ४ मा उम्मेद्वार टुंगो लगाएको छ । राप्रपाले उर्लाबारी–२ मा खेम गौतम र ४ मा गजेन्द्र भण्डारीलाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ । अन्य वडामा आकांक्षीहरु बढी देखिएका छन् । त्यस्तै, वडा नं. ७ मा पनि आधा दर्जनको दाबी देखिएको छ । वडाध्यक्षमा दिनेश श्रेष्ठ, धर्मराज शाक्य, ज्ञानेन्द्र ओलीलगायतको आकांक्षा रहेको बुझिएको छ । युवक संगठनको नगर उपाध्यक्षसमेत रहनु भएका श्रेष्ठले भने युवाहरुलाई पार्टीले प्राथमिकता दिनु पर्ने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय