उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारी वडा नं. ७ को कार्यालय उद्घाटन गरिएको छ ।
माओवादी केन्द्रकी मोरङ जिल्ला समन्वय समितिकी सदस्य एबं प्रदेश नं. १ क की संयोजक टिकाकुमारी भट्टराई (शिला) र नगर अध्यक्ष गजेन्द्र दंगालले संयुक्त रुपमा पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहनु भएकी नेता भट्टराईले जनताको हितमा काम गर्न माओवादीको नेतृत्व आवश्यक रहेको बताउनुभयो । उहाँले सबै एकढिक्का भएर अघि बढेको खण्डमा राम्रो नजिता आउने दाबी गर्नुभयो । जसको नीति उसैको नेतृत्वमा आवश्यक रहेको बताउँदै अब जिम्मेवार भएर सबै निर्वाचनमा लाग्न आवश्यक रहेको उहाँको भनाई छ । त्यस्तै, नगर अध्यक्ष गजेन्द्र दंगालले गठबन्धन हुँदा इमान्दारीका साथ सबै नेता कार्यकर्ता लागि पर्नु आवश्यक रहेको बताउनुभयो । माओवादीका एजेण्डा सही भएपनि मत पाउन नसक्नु दुखद कुरा भएको उहाँको भनाई छ । यस पटक माओवादीका उम्मेद्वार जिताउन सबै तरिकाले परिचालित बन्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
त्यस्तै, नगर सदस्य एबं प्रचार विभागका संयोजक सरोज बस्नेतले आम जनताको पिरमर्का बुझ्नेलाई जनप्रतिनिधिमा अघि बढाउन सकेको खण्डमा जित्ने आधार तयार हुने बताउनुभयो । उहाँले हरेक वडामा प्रचारप्रसार आक्रमक तरिकाले अघि बढाउने रणनीति तयार भइरहेको जानकारी दिनुभयो । कार्यक्रम वडा अध्यक्ष बुलन पासवानको सभापतित्व एबं वडा इन्चार्ज यामलाल रसाईलीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय