उर्लाबारी, मोरङको उर्लाबारीमा पछिल्लो समय ठूला लगानीमा होटल तथा क्याफे खुल्ने क्रम बढेको छ ।
नयाँ वर्षको अवसर पारेर उर्लाबारी–६ चौकमा तरल क्याफे सञ्चालनमा आएको छ । उर्लाबारी नगरपालिकाका नगर मेयर खड्ग फागोले तरल क्याफेको उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका मेयर फागोले उर्लाबारीमा एकपछि अर्को सुविधा सम्पन्न होटल तथा क्याफे खुल्नु खुसीको कुरा भएको बताउनुभयो । व्यवसायतर्फ अग्रसर युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाई थियो ।
दुई युवा उर्लाबारी–७ का विशाल लम्साल र उर्लाबारी–४ का विप्लव बोहोराले सञ्चालनमा ल्याएको क्याफेमा विभिन्न परिकारको स्वाद लिन पाइने बताइएको छ । यस क्षेत्रमा सञ्चालित क्याफेको भन्दा फरक स्वाद चखाउन आफूहरुको प्रयत्न रहने सञ्चालक विशाल लम्सालले बताउनुभयो । उहाँहरुले ६० लाख रुपैयाँ लगानी गरेर क्याफे सञ्चालनमा ल्याउनु भएको छ । विदेशमा सिकेको सिपलाई यहाँ प्रयोगमा ल्याएको सञ्चालक लम्सालको भनाई छ । यस प्रकारको क्याफे सञ्चालनमा आएपछि उर्लाबारीको व्यवसायिक क्षेत्रमा नयाँ आयाम थपिएको युवा ब्यवसायी जीवन चिमरियाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय