उर्लाबारी । मोरङमा शुक्रवार बसेको सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएकोे छ ।
भागवण्डा मिलाउनका लागि बसेको कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएकोे हो । नेपाली कांग्रेस मोरङको पार्टी कार्यालय विराटनगरमा कार्यदलको बैठक बसेको थियो ।
बैठकमा कांग्रेसबाट उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रबाट जिल्ला संयोजक विजय विश्वास, जसपा अध्यक्ष राजकुमार यादव र नेकपा एकिकृत समाजवादी पार्टीका नेता उद्धव पोखरेल सहभागी हुनुहुन्थ्यो । कार्यदलका सदस्यहरुले आ–आफनो दाबी नछाडेका कारण बैठक बिना निष्कर्ष टुंगिएकोे हो ।
बैठकमा नेपाली कांग्रेसले ११ वटा पालिकामा दाबी गरेको छ भने नेकपा एकिकृत समाजवादी पार्टीले पथरीशनिश्चरे, उर्लाबारीमध्ये एउटा पालिका पाउनुपर्ने दाबी गरेको छ । यस्तै जसपाले धनपालथान,जहदा गाउँपालिका र सुनबर्षी नगरपालिकामा दाबी प्रस्तुत गरेको छ । माओवादी केन्द्रले ६ वटा पालिकामा दाबी प्रस्तुत गरेको छ । पुन बैठक बस्ने गरी स्थगित भएको माओवादी केन्द्र मोरङ संयोजक विजय विश्वासले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय