उर्लाबारी । नेकपा एकीकृत समाजवादी र राप्रपाबीच चुनाबी तालमेलका बारेमा छलफल भएको छ ।
आज उर्लाबारीमा तालमेलका बारेमा नेकपा एकीकृत समाजवादी र राप्रपाबीच छलफल भएको बुझिएको छ । छलफल भएपनि तालमेललगायत विषयमा कुनै निर्णय नभएको बताइएको छ । स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीले कांग्रेसले पुनः मेयरमा खड्ग फागो नै उम्मेद्वार बनाउने पक्का भएपछि राप्रपालगायत दलसँग छलफल गरिरहेको छ ।























