उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीले सम्मानजनक चुनाबी तालमेल नभए एक्लै चुनाबी अभियानमा होमिने तयारी थालेको छ ।
यसैक्रममा उर्लाबारी वडा नं. ५ मा माओवादी केन्द्रको वडा कार्यालय उद्घाटन भएको हो । पार्टीकी केन्द्रीय सदस्य ममता राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यालय उद्घाटनमा प्रदेश नं. १ क की संयोजक टिकाकुमार भट्टराई (शिला), नगर अध्यक्ष गजेन्द्र दंगाललगायतले बोल्नुभयो । वडा अध्यक्ष राजिब लिम्बूको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहभागीहरुले इमान्दारिताको साथ गठबन्धन हुने अवस्था सिर्जना नभए एक्लै चुनाबमा जाँदा पनि राम्रो मत आउने बताएका छन् ।























