उर्लाबारी । मोरङमा गठबन्धन गर्ने निर्णय भएपनि पदको भागबन्डा मिलेको छैन । मोरङमा शेखर कोइराला पक्षको पकड रहेकाले गठबन्धन हुन नदिन चलखेल भइरहेका छन् ।
यसैक्रममा गठबन्धन नहुँदा उर्लाबारीमा कांग्रेसले कसलाई कुन पदमा उठाउँछ त भन्ने विषय चासोको साथ हेरिएको छ । कांग्रेस एक्लै चुनाबी मैदानमा उत्रिएको अवस्थामा उर्लाबारी नगरपालिकाको मेयरमा खड्ग फागो र उपमेयरमा सीता कार्की नै उम्मेद्वार बन्ने प्रवल सम्भावना देखिन्छ । सानदार मतका साथ २०७४ सालको निर्वाचनमा फागो विजयी बन्नु भएको थियो भने कार्की झिनो मतले पराजित बन्नुभएको थियो । त्यस्तै, उर्लाबारी वडा नं. १ मा गोविन्द भट्टराईले वडाध्यक्षमा उम्मेद्वार पाउने पक्का छ । वडा समितिले भट्टराईको नाम सर्वसम्मत सिफारिस गरिसकेको छ । वडा नं. २ मा आकांक्षी आधा दर्जन हाराहारी भएपनि वर्तमान वडाध्यक्ष राजनकुमार कँडेल नै पुनः उम्मेद्वार बन्ने देखिन्छ । उहाँले गरेका कामहरुले पनि पुनः कँडेललाई उठाउनु पर्ने वडाबासीकै माग छ । यो अर्थमा कांग्रेसले उहाँलाई नै उम्मेद्वार बनाउन सक्ने अड्कल काटिएको छ । त्यस्तै, उर्लाबारी वडा नं. ३ मा तीन जनाको दाबी देखिएपनि वर्तमान वडाध्यक्ष गञ्जबहादुर कार्की नै पुनः उम्मेद्वार बन्ने बताइन्छ । कार्कीसहित रोहित कार्की र सोमनाथ तिम्सिना (राम) पनि वडाध्यक्षमा प्रवल दाबेदार हुनुहुन्छ ।
त्यस्तै, वडा नं. ४ मा सर्वजित भण्डारी, कल्याण राई, सुवास भण्डारीको दाबी देखिएको छ । यो वडामा २०७४ सालमा पराजित सर्वजित भण्डारी नै उम्मेद्वार बन्ने सम्भावना छ । उहाँ चुनाबमा पराजित बनेपनि सधै जनताको सेवामा खटिनुभयो । त्यस्तै, वडा नं. ५ मा तुलबहादुर थापा (रोहित) र वर्तमान वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीबीच उम्मेद्वारीका लागि प्रतिष्पर्धा छ । पुनः शर्मा उम्मेद्वार बन्ने सम्भावना रहेपनि थापालाई उम्मेद्वार बनाएको खण्डमा सानदार मतका साथ जित्ने दाबी गरिएको छ ।
त्यस्तै, उर्लाबारी वडा नं. ६ मा वर्तमान वडाध्यक्ष चिन्तामणि पौडेललाई बलियो उम्मेद्वार मानिन्छ । जनप्रिय वडाध्यक्षको रुपमा पौडेललाई हेर्ने गरिएको छ । बाझाङ राई र सचिन शाक्यको पनि वडाध्यक्षमा दाबी छ ।
त्यस्तै, वडा नं. ७ मा बीरबल थापा नै पुनः वडाध्यक्षको उम्मेद्वार बन्ने सम्भावना छ । सन्तोष निरौला, मदनबाबु प्रसाईलगायतको पनि दाबी छ । त्यस्तै, वडा नं. ८ मा नारायण धिमाल, कोमल खतिवडा र सुरेश अधिकारीको नाम अघि सारिएको छ । त्यस्तै, वडा नं. ९ मा लोलिम पोमु, नरबहादुर मोक्तान र समिर तुम्बाहाम्फेको दाबी देखिएको छ । पोमु र मोक्तानमध्ये एक वडाध्यक्षको उम्मेद्वार बन्ने जानकार स्रोत बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय