उर्लाबारी । २५ बर्ष हङकङ बसेर आफ्नै गाउँमा केही गर्ने जमर्को बोकेर फर्किएका उर्लाबारी वडा नं. ३ का पदम लिम्बूको ध्यान वडाध्यक्षमा परेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उहाँले वडाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । लिम्बूले स्वतन्त्र उम्मेदवारी बताउनुभएको छ । उर्लाबारी ३ चन्दने निवासी लिम्बूले वडाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दै चुनाबी अभियानमा लागि परेको बताउनुभयो । वडाको विकास र समृद्धिका लागि आफू लागिपर्ने उहाँको भनाई छ । राजनीतिक दलप्रति जनतामा वितृष्णा पैदा भएकोले आफू जित्नेमा ढुक्क रहेको उहाँले दाबी गर्नुभयो । २५ बर्ष हङकङमा बसेर आफ्नै ठाउँमा केही बर्षदेखि निरन्तर लिम्बू सामाजिक सेवाका काममा जुट्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय