उर्लाबारी । नेकपा एमाले उर्लाबारीले उर्लाबारी नगरपालिकाको मेयरमा तीन जनाको नाम सिफारिस गरेको छ ।
एमालेका नेता गंगा खरेल, लक्ष्मीदेवी भण्डारी र राजेन्द्र पौडेलको नाम सिफारिस भएको हो । सर्वसम्मत रुपमा मेयरको उम्मेद्वार छान्ने प्रयास गरेको भएपनि सफल नभएपछि तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको एमालेका एक नेताले नाम नबनाउने सर्तमा भन्नुभयो । तीन जनामध्ये खरेलको सम्भावना बलियो रहेको जानकार स्रोत बताउँछ । कार्यकर्ताहरुले पनि मेयरको उम्मेद्वार खरेललाई बनाउनु पर्ने जोड छ ।
यता नेपाली कांग्रेस उर्लाबारीले पनि मेयरको टुंगो लगाउन सकेको छैन । वर्तमान मेयर खड्ग फागो नै मेयरको उम्मेद्वार बन्ने कांग्रेस स्रोतले जनाएको छ । सर्वसम्मत नगर समितिले फागोलाई मेयरको उम्मेद्वारको रुपमा अघि सार्ने सम्भावना छ । गठबन्धन नभए माओवादीले एक्लै चुनाबी मोर्चामा होमिने आन्तरिक तयारी गरिसकेको छ भने जसपाले उर्लाबारी–२ मा मात्रिका धिमाललाई वडाध्यक्ष उम्मेद्वार घोषणा गरी चुनाबी चहल पहल बढाएको छ । यो वडाबाहेक अन्यमा के गर्ने भन्ने बिषयमा जसपा अन्यौलमै छ । नेकपा एकीकृत समाजवादीले भने भरसक गठबन्धनमै जोड दिइरहेको छ । कांग्रेसहितको गठबन्धन हुँदा उर्लाबारीमा उपमेयर आफुले पाउनु पर्ने नेकपा एकीकृत समाजवादीको दाबी छ । यता राप्रपाले मेयरसहित सबै वडामा उम्मेद्वारी दिने तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय