उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले अपाङ्गता, अशक्त तथा ८० बर्षमाथीका जेष्ठ नागरिकहरुलाई घरघरमा भत्ता वितरण कार्यक्रमको थालनी गर्नुभएको छ ।
उर्लाबारी नगरपालिका वडा नं. ३ बाट घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो । २०७४ सालको निर्वाचनमा मेयर फागोले आपाङ्ग, अशक्त र ज्येष्ठ नागरिकलाई घरघरमा भत्ता वितरण गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । सोही प्रतिवद्धतालाई पुरा गर्दै मेयर फागोले घरघरबाट भत्ता वितरण गर्ने ब्यवस्था मिलाउनुभएको हो । आज उर्लाबारी वडा नं. ३ का १४ जना अपाङ्ग अशक्त र ज्येष्ठ नागरिकलाई घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । स्थानीय सरकारले घरमै भत्ता उपलव्ध गराएपछि बैंकमा पुगेर घटौँ कुर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै अपाङ्गता भएका ब्यक्तिहरुको समूहका अध्यक्ष ब्यासकुमार लिम्बूले खुशी ब्यक्त गर्नुभयो । घरघरमा सामाजिक सुरक्षाभत्ता वितरण गर्न मेयर फागोले उर्लाबारीमा रहेका विभिन्न बैंकहरुसँग छलफल गरी नागरिकहरुलाई घरमै भत्ता उपलव्ध गराउने व्यावस्था मिलाएको बताउनुभयो । सामाजिक सुरक्षा भत्ता वितरणका लागि उर्लाबारी नगरपालिकाले एक वडा एक बैंकको निति अवलम्वन गरेर बैशाख देखि हरेक त्रैमासिक रुपमा वितरण गरिने भत्तालाई पालिकाका नौ वटै वडाका नागरिकलाई घरघरमै पु¥याउने व्यावस्था मिलाएको मेयर फागोले जानकारी दिनुभयो । सोमबार सो अभियानमा उर्लाबारी–३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, वडा सदस्य सोमप्रसाद तिम्सिना, तुलसा घिमिरे, सम्झना मोते र भीष्म बुढाथोकी, माछापुच्छे बैंकका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।























