पुजन दास
उर्लाबारी । नेपाली कांग्रेसबाट उर्लाबारी नगरपालिकाको मेयरमा वर्तमान मेयर खड्ग फागो नै उम्मेद्वार पक्का भएको छ ।
आज बसेको नगर समितिको बैठकमा अधिकांशले कांग्रेसबाट मेयरमा प्रदेश नं. १ का सह–महामन्त्रीसमेत रहनु भएका फागोलाई सर्वसम्मत अघि बढाउन नेतृत्वलाई सुझाव दिएका छन् । चार जनाले मेयरमा आकांक्षा राखेपनि अधिकांश कार्यकर्ताहरुले फागोलाई सर्वसम्मत मेयरमा अघि बढाउनु पर्नेमा जोड दिएको बुझिएको छ । मेयरमा जयधर्म आचार्य, शोभा पालुङ्वा चेम्जोङ र दुर्गाप्रसाद खतिवडाले पनि आकांक्षा राख्नु भएको थियो । मेयर फागो पुनः उम्मेद्वार नबन्ने हो भने आफ्नो सशक्त दाबी रहने खतिवडाको भनाई थियो । लगभग फागोलाई नै उर्लाबारीबाट मेयरको उम्मेद्वारमा सर्वसम्मत सिफारिस गर्ने तयारी भइरहेको छ । फागोकै कारण उर्लाबारीमा कांग्रेसको दबदबा बढेको अधिकांश कांग्रेसजन स्वीकार गर्छन् । यता उपमेयरमा पनि सीता कार्कीलाई सर्वसम्मत सिफारिस गर्ने तयारी भइरहेको छ । विगतमा झिनो मतले पराजित बन्नु भएकी कार्कीलाई नै यस पटक उपमेयरको उम्मेद्वार बनाउने र कांग्रेस एक ढिक्का भएर चुनाबमा होमिने तयारीमा लागि परेको कांग्रेसका एक नेता बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय