पुजन दास
सोमबारे । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा माओवादीबाट रतुवामाई मेयरमा ४ जनाको नाम सिफारिस भएको छ ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिव प्रकाश पौडेल, प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज सुमन कालिकोटे, प्रदेश कमिटी सदस्य खेमराज प्रधान (बलिदान) र माओवादी केन्द्र पूर्व अध्यक्ष तथा जिल्ला कमिटी सदस्य पुष्प कार्कीको नाम सिफारिस भएको हो । नगर कमिटीको बैठकबाट मेयरका लागि चार नाम सिफारिस भएको छ ।























