उर्लाबारी । स्थानीय तहको निर्वाचन नजिकिँदै गइरहेको बेला नेपाली कांग्रेसभित्र गुटगत राजनीति खुल्ला रुपमा देखिन थालेको छ ।
उर्लाबारीमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागो समूह र सो समूहको विरोधीहरुले छुट्टाछुट्टै कार्यक्रम गर्न थालेका हुन् । नेपाल विद्यार्थी संघको स्थापना दिवस छुट्टाछुट्टै कार्यक्रम गरेर मनाएका छन् । आधिकारिक नेपाल विद्यार्थी संघ उर्लाबारी नगर समितिले चौकमा र अर्को पक्षले आइतबारेमा दिप प्रज्वलन गरेको स्रोतको दाबी छ । उर्लाबारी नगरपालिकाका मेयरसमेत रहनु भएका फागोले कांग्रेसमा सुद्धिकरण अभियान चलाउनुभएको छ । उर्लाबारी क्षेत्रमा सुतेको कांग्रेसलाई फागोले नै चलयमान बनाउनुभएको आम कार्यकर्ताहरु बताउँछन् । अधिकांश नेता तथा कार्यकर्ता फागो पक्षमा रहेका छन् भने केही असन्तुष्ट देखिएका छन् । उर्लाबारी नगर समितिले यसअघि नै पार्टी नीति, सिद्धान्त र अनुशासनमा रहेर काम गर्ने कार्यकर्ताहरुलाई निर्देशन यसअघि नै दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय