उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जनताको दुःखमा सारथी बन्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ उर्लाबारीले मंगलबार ५३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सह–महामन्त्री फागोले भन्नुभयो–‘नेविसघ परिवर्तन र बैचारिक शक्तिको केन्द्र हो, हालका प्रधानमन्त्री पनि कुनै समय नेविसंघमा आवद्ध भएर राजनीतिक यात्रामा लाग्नु भएको थियो, जो आज प्रधानमन्त्री बन्नु भएको छ, समाजमा रहेका सबैलाई समान व्यवहार गरेर अगाडी बढ्नुहोस् पार्टीले कामको मुल्यांकन गरेर उचित जिम्मेवारी प्रदान गर्दै जान्छ ।’
नेपाल विद्यार्थी संघ उर्लाबारी नगर तर्दथ समितिको आयोजना सम्पन्न कार्यक्रममा नगर सभापति सुरेन्द्र लिम्वु, महाधिवेशन प्रतिनिधि सिता कार्की लगायतले शुभकामना मनतव्य राख्नुभयो ।























