उर्लाबारी । उर्लाबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट खड्ग फागो र एमालेबाट गंगाप्रसाद खरेलको प्रतिष्पर्धा हुने भएको छ ।
फागो पुनः कांग्रेसबाट मेयरको उम्मेद्वार बन्ने सम्भावना छ भने एमालेबाट खरेल उम्मेद्वार बन्ने पक्का भएको हो । एमालेबाट मेयरका आकांक्षी लक्ष्मीदेवी भण्डारी र राजेन्द्र पौडेलमा पनि देखिनु भएको थियो । तर, एमाले जिल्ला पार्टी कार्यालय मोरङमा आकांक्षीबीच छलफलमा खरेललाई उम्मेद्वार बनाउन सहमत भएको जानकार स्रोत बताउँछ । खरेल मेयरको उम्मेद्वार बन्ने भएपछि भेटघाटलगायत गतिबिधि गर्न थाल्नु भएको छ । यता कांग्रेसबाट फागो मेयरमा उठ्ने पक्का भएपनि गठबन्धनलगायतको बारेमा टुंगो नलागेको कारण चहलपहल बढ्न सकेको छैन ।























