उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीले बैशाख १० गते उम्मेद्वार घोषणा गर्ने भएको छ ।
कांग्रेससहित गठबन्धन नभए एक्लै भएपनि चुनाबी मैदानमा उत्रिने र बैशाख १० गते उम्मेद्वार घोषणा गर्ने भएको हो । मेयर र उपमेयरसहित सबै वडामा उम्मेद्वारको टुंगो लागिसकेको माओवादी स्रोत जनाएको छ । पार्टीकी केन्द्रीय सदस्य ममता राजवंशीले सशक्त रुपमा पार्टीका गतिबिधि अघि बढाउन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । गठबन्धनको विषयमा जिल्ला तहमा समेत छलफल भइरहेको उल्लेख गर्दै गठबन्धन भए एक्लै भएपनि चुनाबमा होमिने तयारीका साथ पार्टी लागिसकेको उहाँले बताउनुभयो । पार्टीका जिल्ला समन्वय समिति सदस्य पदम राई, नगरअध्यक्ष गजेन्द्र दंगाल, सचिब पवन चौधरी, सहसचिब दिपक आलेमगर, प्रचार प्रसार संयोजक सरोज बस्नेत, उर्लाबारी वडा नं. ७ का इन्चार्ज यामलाल रसाईलीलगायतले पार्टीले सम्माजनक भएमात्रै गठबन्धन नभए एक्लै चुनाबमा होमिनु पर्नेमा जोड दिएका छन् ।























