उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको छ ।
स्थानीय तह निर्वाचन २०७९ का लागि बैशाख ८ गते बिहीबार उर्लाबारी नगरपालिका निर्वाचन अधिकृत ओमकार प्रसाद न्यौपानेले निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नु भएको हो । उहाँले निष्पक्ष रुपमा निर्वाचन गराउने प्रतिबद्धता पनि जाहेर गर्नुभयो । आजै उर्लाबारीका राजनीतिक दलहरुसँग निर्वाचनका बारेमा सर्वपक्षीय छलफल भएको छ ।























