उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नं. २ को भवन तथा आधारभूत स्वास्थ्य केन्द्रको कार्यालय उद्घाटन गरिएको छ ।
आज उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, उपमेयर लक्ष्मीदेवी भण्डारी र वडाध्यक्ष कुमार कँडेल (राजन) ले संयुक्त रुपमा कार्यालयको भवन उद्घाटन गर्नुभएको हो । उर्लाबारी नगरपालिकाभित्र पहिलो भवन उद्घाटन गर्ने वडाध्यक्ष बन्न कँडेल सफल बन्नुभयो । जनप्रिय वडाध्यक्षको रुपमा कँडेललाई लिने गरिएको छ । भवन उद्घाटन गर्दै मेयर फागोले जनतालाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले अनुरुप वडा कार्यालय तथा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण गरिएको बताउनुभयो ।
त्यस्तै, उपमेयर भण्डारीले वडाध्यक्ष कँडेल भवन उद्घाटन गर्नेमा १ नम्बर बनेको बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष कँडेलको सभापतित्वमा भएको थियो ।























