पुजन दास
उर्लाबारी । नेकपा एमाले उर्लाबारीमा स्थानीय तहको निर्वाचनमा उम्मेद्वार चयनका बारेमा असन्तुष्टी देखिन थालेको छ ।
उर्लाबारी वडा नं. ४ को वडाध्यक्ष उम्मेद्वार छनौटमा आन्तरिक चुनाब गराएको भन्दै असन्तुष्टी देखिन थालेको हो । वडाध्यक्षमा वर्तमान वडाध्यक्ष लक्ष्मीनारायण धिमाल, केदार खतिवडा, टिकाप्रसाद अधिकारी, डोमनाथ खतिवडा, कुमार लिम्बू, केदार चौहान र डिल्ली खतिवडा आंकाक्षी हुनुहुन्थ्यो । एमालेको नगर संयन्त्रले वडामा आन्तरिक निर्वाचन गराएर वडाध्यक्षमा लक्ष्मीनारायण धिमाल, केदार खतिवडा र टिकाप्रसाद अधिकारीको नाममात्रै सिफारिस गरेपछि असन्तुष्टी ब्यक्त गर्दै जिल्ला पार्टी कार्यालय मोरङमा हस्ताक्षर बुझाइएको छ । न्यायोचित निर्णय पार्टीले नगरे कडा कदम चाल्ने असन्तुष्टले चेतावनीसमेत दिएका छन् । १ सय भन्दा बढी कार्यकर्ताहरुले हस्ताक्षर गरेर बुझाएको बताइएको छ ।























