उर्लाबारी । मोरङको उर्लाबारीका जनप्रतिनिधिहरुले राजिनाममा दिएका छन् । वडाध्यक्ष, सदस्यहरुले धमाधम राजिनाममा दिइरहेका हुन् । उर्लाबारी नगरपालिका वडा नं. ३ का सदस्य भीष्म बुढाथोकीले आज राजिनाममा दिनुभएको छ । उहाँले जनप्रतिनिधिमध्ये पहिलो राजिनाममा दिनुभयो भने अन्य जनप्रतिनिधिहरुले पनि क्रमशः राजिनाममा दिनुभएको छ । हालसम्म मेयर र उपमेयरले भने राजिनाममा दिइनसकेको बताइएको छ ।























