उर्लाबारी । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी उर्लाबारी एक्लै चुनाबी प्रतिष्पर्धामा उत्रने तयारी थालेको छ ।
मेयर, उपमेयरसहित ९ वटै वडाका वडाध्यक्ष तथा सदस्यहरुको टुंगो लगाइसकेको नगर अध्यक्ष मात्रिका धिमालले जानकारी दिनुभयो । उर्लाबारी वडा नं. २ को वडाध्यक्षमा मात्रिका आफै प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गरेर जाने निर्णय भएपनि मोरङमा टुंगो लाग्न सकेको छैन । त्यसैको असर उर्लाबारीमा परेको छ । उर्लाबारीमा कांग्रेस गठबन्धन गरेर जाने पक्षमा रहेपनि जिल्लाको निर्णय नआएकाले समस्या परेको बताउँदै आएको छ । गठबन्धनको नाममा अलमल्याउने काम मात्र भएपछि मेयर, उपमेयरसहित ९ वटै वडाका वडाध्यक्ष र सदस्यको उम्मेद्वार तयार पारिसकेको प्रदेश सदस्य विशाल आङ्दम्बेले जानकारी दिनुभएको छ । आज साँझ उम्मेद्वार घोषणा कार्यक्रम गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो । उर्लाबारी वडा नं. २ जित्ने जसपाको दाउ छ भने अन्य वडामा पनि सम्मानजक नतिजा आउने जसपाले अड्कल काटेको छ । यस्तै, बङ्गाई धिमालको संयोजकत्वमा १ सय ५१ सदस्य निर्वाचन परिचालन समिति गठन भएको छ ।























