पुजन दास
उर्लाबारी । पूर्वी मोरङमा नाम चलेको हस्पिटल हो, गोदावरी । उर्लाबारी वडा नं. ५ मा रहेको गोदावरी हस्पिटल स्थापनाको छोटो समयमै बिरामीको मन जित्न सफल भएको छ । पूर्वी मोरङमा रहेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको यस हस्पिटलले नयाँ सोच र दृष्टिका साथ सर्वसुलभ रूपमा गुणस्तरीय, भरपर्दो स्वास्थ्य सेवाबाट बिरामीको मन जित्न सफल भएको स्थानीयको भनाई छ ।
२०६० सालमा स्थापना भएको उक्त हस्पिटलले अन्य निजी अस्पतालभन्दा स्वास्थ्य सेवा, गुणस्तर र सहुलियतका दृष्टिले फरक रूपमा रहेको छ । हस्पिटलले अत्याधुनिक स्वास्थ्य उपकरणको प्रयोग गरी ख्यातिप्राप्त चिकित्सकहरूबाट विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । आधुनिक प्रविधि सम्पन्न उक्त हस्पिटलमा पूर्वी मोरङका साथै झापा लगायत स्थानबाट समेत उपचारका लागि आउने गरेको सञ्चालकहरु बताउँछन् । हस्पिटलमा बिशेषज्ञ चिकित्सकहरूबाट दैनिक ओपिडी सेवा, २४ सैं घण्टा आकस्मिक सेवा, एनालाइजरसहितको ल्याव सेवा, महिला तथा प्रसुति सेवा, बाल रोग, डिजिटल एक्स रे सेवा, ईसिजी सेवा, हाड जोर्नी सम्बन्धि शल्यक्रिया, अन्तरंग सेवा, आधुनिक उपकरणहरूसहितको पोष्ट अपरेटिभ सेवा लगायत सेवा प्रदान गरिरहेका छन् । सबैका लागि गुणस्तरीय स्वास्थ्यको अवधारणाअनुरूप सर्वसाधारणले पनि धान्न सक्ने गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएको सञ्चालक प्रकाश चौहानको भनाई छ । यसैक्रममा गोदावरी हस्पिटलमा दुरपिन प्रबिधिबाट मृगौलाको पत्थरीको उपचार सुरु भएको छ ।
हस्पिटलमा बरिष्ठ मृगौला, मुत्रनली, मुत्रथैली, प्रोष्टेट, पत्थरी तथा मुत्ररोग विशेषज्ञ डा. इकबाल अहमदबाट दुरपिन प्रबिधिबाट मृगौलाको पत्थरीको उपचार सुरु भएको हो । पूर्वी मोरङमै दुरपिन प्रबिधिबाट मृगौलाको पत्थरीको उपचार गोदावरीबाट थालेको सञ्चालक प्रकाश चौहानले जानकारी दिनुभयो । बिरामीहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने अभिप्रायले दुरपिन प्रबिधिबाट मृगौलाको पत्थरीको उपचार सुरु गरेको उहाँको भनाई छ । स्वास्थ्य बिमा कार्यक्रमबाटै उक्त उपचार हुने पनि उहाँले बताउनुभयो । हस्पिटलमा मृगौला, मुत्रनली, पिसाब र पिसाब नलीमा रहेको पत्थरीहरु, प्रोष्टेट (नलीको ग्रन्थी वा पुरुष गन्थी) सम्बन्धि सबै प्रकारको समस्याहरु, मुत्रनली वा पिसाब नली खुम्चिएको, पिसाब पोल्ने, पिसाबको संक्रमणलगायत समस्या, प्रिम्याचियोर, इजाकुलेशन, स्वप्नदोष, नपुन्सकता तथा नलीका समस्या सम्बन्धि उपचार हुने जनाइएको छ । अत्याधुनिक प्रविधिसहितको सुविधासम्पन्न उपकरणमार्फत मृगौला, मुत्रनली, मुत्रथैली, प्रोष्टेट, पत्थरी तथा मुत्ररोगको उपचार हुने हस्पिटलले बताएको छ ।
गोदावरी हस्पिटलबाट पाउने सबै सेवा स्वास्थ्य बिमा कार्यक्रमबाट हुने सञ्चालक चौहानले जानकारी दिनुभयो । गोदावरीले भेन्डिलेटरसहितको आईसीयू सेवा डेढ महिनाभित्र सुरुवात गर्ने तयारी गरिरहेको अर्का सञ्चालक रविन कार्कीले बताउनुभयो । यसअघि नै दुरपिन प्रबिधिबाट पितथैलीको पत्थरीको उपचार थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय