उर्लाबारी । नेकपा एमाले उर्लाबारीले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार छनौट गरेपछि भाँडभैलो भएको छ ।
उर्लाबारी वडा नं. ८ मा निवर्तमान वडाध्यक्ष कुलबहादुर कार्कीलाई उम्मेद्वार बनाएपछि अग्नी सुब्बा र टोमनाथ गौतमले स्वतन्त्र वडाध्यक्षमा उम्मेद्वारी दिनुभएको हो । सोही वडामा सदस्य पदमा स्वतन्त्र उम्मेद्वार अनिल धिमालले पनि दिनुभएको छ । उहाँ राष्ट्रिय युवा संघ नेपालका उर्लाबारी सचिब हुनुुहुन्छ । यस्तै, उर्लाबारी वडा नं. ७,४ लगायतमा पनि उम्मेद्वार छनौटमा असन्तुष्टी देखिएको थियो ।























