उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीले मेयर र उपमेयरसहित ८ वडामा उम्मेद्वारी दिएको छ ।
उर्लाबारी नगरपालिकाको मेयरमा गजेन्द्र दंगाल,उपमेयरमा शिला भट्टराई, वडा नं. १ वडाध्यक्षमा मानबहादुर धिमाल, २ मा देबेन्द्र खड्का,३ मा कविराज धिमाल,४ मा मिलन दाहाल, ६ मा दिपक आले मगर, ७ मा पवन चौधरी, ८ मा इश्वरीप्रसाद पौडेल र ९ मा अमर सेलिङले वडाध्यक्षमा उम्मेदवारी दिनुभएको प्रचार विभागका संयोजक सरोज बस्नेतले जानकारी दिनुभयो । केही वडामा गठबन्धनको सम्भावना रहेकाले उर्लाबारी वडा नं. ५ मा उम्मेद्वारी नदिएको उहाँले बताउनुभयो ।























