उर्लाबारी । नेकपा माओवादी केन्द्र निकट वाइसीएल नेपाल मोरङ क्षेत्र नं. १ का क्षेत्रीय संयोजक ओमप्रसाद खरेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
उर्लाबारी–४ पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच खरेलसहित नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका २० जनालाई नेकपा एमालेका प्रदेश कमिटी सदस्य भुपालसिं जिमीले पार्टीमा स्वागत गर्नुभयो । दाजु गंगाप्रसाद खरेल नेकपा एमालेबाट मेयरको उम्मेद्वार बनेपछि माओवादी छोडेर एमाले प्रवेश गरेका छन् । सोही अवसरमा माओवादी पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुमा मन्जुदेवी खरेल, मनोज भट्टराई, सीमा भट्टराई, होमप्रसाद ओली, उर्मिला ओली, राजकुमार ओली, मोहन थापा, हेमन्त थापा, रमेश श्रेष्ठ, युवराज श्रेष्ठ, तिर्थकुमारी श्रेष्ठ, होमबहादुर खड्का, जानुका खड्का, किशोर खरेल, प्रमिला खरेल, रमेश सिंह, अनिशा सिंह, इन्द्र खड्का र मीना खड्का रहेको एमालेले जनाएको छ ।























