उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको मेयर र उपमेयरका लागि ९÷९ जनाको उम्मेद्वारी परेको छ । मेयरमा नेपाली काँग्रेसबाट निवर्तमान मेयर खड्ग फागो, नेकपा एमालेबाट गंगाप्रसाद खरेल, नेकपा माओवादी केन्द्रबाट गजेन्द्र दंगाल, राप्रपाबाट विनोद पोख्रेल, जसपाबाट रामकुमार राई, नेकपा एकीकृत समाजवादीबाट मानबहादुर श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेशनबाट मोहनबहादुर राई, मौलिक जरोकिलो पार्टीबाट विज्ञान आचार्य र स्वतन्त्र युवराज न्यौपानेले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
यस्तै, उपमेयरमा नेपाली काँग्रेसबाट सीता कार्की, नेकपा एमालेबाट मीनाकुमार खतिवडा (पौडेल), नेकपा माओवादी केन्द्रबाट टिकाकुमारी भट्टराई (शिला), राप्रपाबाट निरुपा खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिलकुमारी लावती, मंगोल नेशनल अर्गनाइजेसनबाट विष्णुमाया तामाङ, मौलिक जरोकिलो पार्टीबाट चन्द्रिका भट्टराई तथा स्वतन्त्र उम्मेद्वारका रुपमा चन्द्रप्रसाद भट्टराई र मुक्तिप्रकाश न्यौपानेले उम्मेद्वारी दिनुभएको छ ।























