उर्लाबारी । नेपाली कांग्रेसमा परिचिति नाम हो, सीता कार्की । सामाजिक तथा महिला अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशिल कार्कीलाई नेपाली कांग्रेसले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उर्लाबारी नगरपालिका उपमेयरको उम्मेद्वार बनाएको छ । नेपाल महिला संघको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसक्नु भएकी कार्की २०७४ सालको निर्वाचनमा थोरै मतले पराजित बन्नु भएको थियो । यस पटक कार्कीको उम्मेद्वारले उर्लाबारीबासी उत्साहित बनेका छन् । यस पटक सीता कार्कीलाई जिताउन कम्मर कसेर लाग्ने प्रण गर्न थालेका छन् । कार्कीको परिवारले उर्लाबारी वडा नं. ७ को वडा कार्यालयको भवन निर्माणका लागि जग्गा निशुल्क दिएको छ । यो मात्रै होइन धेरै सामाजिक काममा सिता कार्कीले साथ र सहयोग गर्नुभएको छ ।























