उर्लाबारी । उर्लाबारी नगरपालिकामा तीन दलीय गठबन्धन हुने भएको छ ।
जसले लोकप्रिय उम्मेद्वारहरुलाई अघि सारेको छ । उर्लाबारीमा सर्वाधिक चर्चित मानबहादुर श्रेष्ठ (चुनाब चिन्ह कलम) मेयरको साझा उम्मेद्वार बन्नुहुनेछ । उहाँ धेरैले रुचाइएका ब्यक्तिमा पर्नुहुन्छ । त्यस्तै, उपमेयरमा शिला भट्टराई ( चुनाब चिन्ह गोलाकारभित्रको हसिया हथौडा) बन्नुहुनेछ । उहाँ प्रभावशाली महिला मानिनुहुन्छ । निर्भिक कुरा राख्न सक्ने भट्टराई नेकपा माओवादी केन्द्रकी नेतृ हुनुहुन्छ ।
त्यस्तै, वडा नं. १ मा मचिन्द्र कार्की (चुनाब चिन्ह कलम), वडा नं. २ मा मात्रिका धिमाल (चुनाब चिन्ह छाता), वडा नं. ३ मा कविराज धिमाल ( चुनाब चिन्ह गोलाकारभित्रको हसिया हथौडा), वडा नं. ४ मा मिलन दाहाल ( चुनाब चिन्ह गोलाकारभित्रको हसिया हथौडा), वडा नं. ५ मा गोपाल भट्टराई ( चुनाब चिन्ह कलम), वडा नं. ६ मा दिपक आले मगर ( चुनाब चिन्ह गोलाकारभित्रको हसिया हथौडा), वडा नं. ७ मा पवन चौधरी ( चुनाब चिन्ह गोलाकारभित्रको हसिया हथौडा), वडा नं. ८ मा इश्वरीप्रसाद पौडेल ( चुनाब चिन्ह गोलाकारभित्रको हसिया हथौडा) र वडा नं. ९ मा सुन्दर श्रेष्ठ ( चुनाब चिन्ह कलम) साझा उम्मेद्वार बन्ने पक्का भएको छ । तीन दलीय गठबन्धनले साझा उम्मेद्वार छानेपछि कांग्रेस र एमालेलाई पनि ठूलो चुनौति थपिएको छ । त्यस्तै, वडा सदस्यहरुमा पनि युवा र लोकप्रियलाई साझा उम्मेद्वार बनाइने बताइएको छ ।























