उर्लाबारी । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तीन दल गठबन्धन गरेर जाने निर्णय भएको छ ।
मोरङको उर्लाबारी नगरपालिकामा तीन गठबन्धन गरेर जाने निर्णय भएको हो । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको छ । मेयरमा मानबहादुर श्रेष्ठ, उपमेयरमा शिला भट्टराई, वडा नं. १ को अध्यक्षमा मचिन्द्र कार्की, २ को अध्यक्षमा मात्रिका धिमाल, ३ को अध्यक्षमा कविराज धिमाल, ४ को अध्यक्षमा मिलन दाहाल, ५ को अध्यक्षमा गोपालप्रसाद भट्टराई, ६ को अध्यक्षमा दिपक आले मगर, ७ को अध्यक्षमा पवन चौधरी, ८ को अध्यक्षमा इश्वरीप्रसाद पौडेल र ९ को अध्यक्षमा सुन्दर श्रेष्ठलाई उम्मेद्वार साझा उम्मेद्वार बनाइएको छ । मेयर र उपमेयरसहित बहुमत वडाध्यक्ष तथा सदस्य जित्ने दाबी गरिएको छ । कांग्रेस र एमालेको नेतृत्वमा समृद्ध उर्लाबारीको सपना पूरा हुन नसक्ने निष्कर्षसहित ३ दलीय गठबन्धन गरेर अघि बढेको बताइएको छ । नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगालको अध्यक्षतामा भएको गठबन्धन घोषणा कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन नेकपा एकीकृत समाजवादीका नेता मनोरथ भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय