उर्लाबारी । मातातीर्थ औंसी अर्थात आमाको मुख दिनको अवसरमा नमूना बाल गृह र बृद्धा आश्रममा सहयोग गरिएको छ ।
हङकङमा रहेकी उर्लाबारीकी अस्मिता वाइबा र ओसिन वाइबाले उर्लाबारी–७ को नमूना बाल गृह र दमक–४ चियाबारीस्थित रत्न जेष्ट नागरिक बृद्धा आश्रम सेवा केन्द्रमा सहयोग गर्नुभएको छ । बाल गृहमा खाद्य सामग्री प्रदान गरिएको छ भने बृद्धा आश्रममा लत्ताकपडा, सरसफाईको सामग्री र खाद्य सामग्री प्रदान गरिएको सहजकर्ता तथा सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । अस्मिता वाइबा र ओसिन वाइबा हङकङमा रहेपनि निन्तर रुपमा नेपालका विभिन्न स्थानहरुमा साथ र सहयोग गर्दै आउनुभएको छ ।























