उर्लाबारी । उर्लाबारीका सशक्त युवा पत्रकार सरोज बस्नेत उर्लाबारी–७ को वडा सदस्यमा उम्मेद्वार बन्नु भएको छ । नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपाको गठबन्धनबाट नेकपा माओवादी केन्द्रको कोटाबाट वडा सदस्यको उम्मेद्वार बन्नुभएको हो । पत्रकारिताको माध्यमबाट समाजमा एउटा छाप बसाल्न सफल बस्नेत अब जनप्रतिनिधि भएर सामाजिक कामलाई थप अघि बढाउन चाहानुहुन्छ । उहाँ अहिलेमात्र सामाजिक काममा सक्रिय हुन खोजेका भने होइनन् । एक दशकअघिदेखि पत्रकारितासँगै उहाँले सामाजिक कार्यलाई सँगसँगै अघि बढाउँदै आउनुभएको छ । सञ्चार क्लब नेपालको पूर्व अध्यक्ष, न्यानो अभियानको उपाध्यक्ष रहेका उहाँ समाजमा दुःख, पीडामा परेका गरिब, विपन्नको घरमा सहयोग जुटाउन जहिल्यै तयार हुनुहुन्छ ।
उहाँकै नेतृत्वमा देश विदेशबाट सहयोग संकलन गरेर विरामीहरुको उपचार गरेको, गरिब विपन्नको घर बनाइदिएको, नमुना बालगृहमा सहयोग जुटाएको धेरै उदाहरण छन् । समाजमा केही गरौं भन्ने सोचाइ राखेर अघि बढ्नु भएका बस्नेत अहिले वडा सदस्य पदको उम्मेद्वार बनिरहँदा थप जिम्मेवारीका साथ वडाको विकासमा लागि पर्ने बताउनुहुन्छ । आफ्नो उम्मेद्वारीप्रति वडाबासीको सकारात्मक प्रतिक्रियाले आफू हौसला मिलेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय