उर्लाबारी । नेपाली काँग्रेसबाट उर्लाबारी नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार खड्ग फागोले भ्रष्टाचार अन्त्य गर्न प्रतिबद्ध भएर लागि परेको बताउनुभयो ।
सिंहदरबारको अधिकार गाउँ गाउँमा भनिएपनि दरबार उतै छुटेर सिंह मात्र आएको आरोपप्रति लक्षित गर्दै उहाँले भन्नुभयो ‘भ्रष्टाचारी र सेटिङमा लिप्त हुनेहरुका लागि म सिंह हो, स्याल होइन ।’ उर्लाबारी–९ महाराजथान चौकमा आयोजित चुनावी कार्यक्रममा निवर्तमान मेयर समेत रहनु भएका फागोले स्याल जस्तो भएर लिप्त नहुने र हुन खोज्नेहरुलाई रोक्ने बताउनुभयो । उहाँले मदन मार्ग अन्तर्गत चिउरा मिलदेखि गाइघाटसम्मको अधुरो बाटो कालोपत्रे गर्ने प्रतिबद्धता जनाउनुभयो । आफू निर्वाचित भएपछि सबै मजदुरहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिने उहाँले बताउनुभयो । आर्थिक अभावमा कसैले पनि अकालमा ज्यान गुमाउनु नपर्ने र उपचारका लागि चन्दा उठाउन नपर्ने व्यवस्था गरिको योजना बनाएर अघि बढ्ने उहाँको भनाई छ ।
कार्यक्रममा उर्लाबारी वडा नं. ९ का वडाध्यक्ष पदका उम्मेद्वार नरबहादुर मोक्तान, सदस्य पदका उम्मेद्वारहरु प्रकाश कन्दङ्वा, गणेश राई, विमला पोमू, सावित्रा विश्वकर्मा, काँग्रेसका नेता कार्यकर्ता, वडावासीलगायतको उपस्थिति रहेको थियो । यस्तै, आजै साँझ उर्लाबारी–१ हरैचा चौकमा भएको घरदैलो कार्यक्रममा मेयरका उम्मेद्वार फागोले नगरवासीको हितमा कार्य गर्ने बताउँदै कसैको डर, धम्की र अनर्गल प्रचारको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय