आशिष
उर्लाबारी । उर्लाबारी वडा नं. ७ मा साझा गठबन्धनका उम्मेद्वारहरुको पक्षको माहोल बढेको छ ।
उर्लाबारीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनाबी गठबन्धन भएर चुनाबी मैदानमा उत्रिएको हो । विगतमा कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताका समस्या समाधान गर्न नसकेको भन्दै अब साझा गठबन्धनलाई जिताउने प्रण गरेका हुन् । मेयरमा मानबहादुर श्रेष्ठ कलम, उपमेयरमा टिकाकुमारी भट्टराई (शिला) गोलाकारभित्रको हसिया हथौडा, वडाध्यक्षमा पवन चौधरी गोलाकारभित्रको हसिया हथौडा, महिला सदस्य सीता पराजुली र दलि महिला सदस्य शान्ति सुन्दास दर्जीलाई कलम, खुल्ला सदस्यमा यामलाल रसाईली गोलाकारभित्रको हसिया हथौडा र सरोज बस्नेतलाई दुई वटा गोलाकारभित्रको हसिया हथौडा मत माग्दै घरदैलो कार्यक्रम भएको छ । भोट माग्नका लागि मात्र नभई जनताका आधारभूत समस्या बुझ्ने प्रयास गरिएको सदस्य पदमा उम्मेद्वार सरोज बस्नेतले बताउनुभयो । उहाँले जनतालाई हरेक सुख दुखको सारथी बन्ने प्रयासमा आफुहरु लागि पर्ने बताउनुभयो ।























