उर्लाबारी । उर्लाबारी वडा नं. ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार बन्नु भएका दिलकुमार श्रेष्ठ (दिनेश) ले घरदैलो अभियान थाल्नु भएको छ ।
उर्लाबारी वडा नं. ७ लाई समृद्ध बनाउने घोषणासहित उहाँले जनतालाई भोट मागिरहनुभएको छ । पटक पटक राजनीतिक दलका उम्मेद्वार जिताउँदा अपेक्षाकृत विकास नभएको भन्दै उहाँले अव पार्टीभन्दा माथी उठेर वडाबासीको हितमा सोच्ने बेला आएको बताउनुभएको छ । जेब्रा चुनाब चिन्ह पाउनु भएका श्रेष्ठले आफुले विगतमा सामाजिक सेवाका काम गरेकाले पनि वडाबासीले जिताउने दाबी गर्नुहुन्छ । समृद्ध अब नारामात्र होइन ब्यवहारमा उतार्ने उहाँको लक्ष्य छ ।























