उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ४ मा मिलन दाहालको पक्षमा माहोल बढेको छ ।
कम्यूनिष्ट पार्टीको किल्लाको रुपमा रहेको उर्लाबारी वडा नं. ४ मा यस पटक दाहालको पल्लाभारी देखिएको हो । २०७४ सालमा पनि वडाध्यक्षको उम्मेद्वार बन्नु भएका दाहाल यस पटक जित्ने अड्कल काटिएको छ । सामाजिक सेवा र राजनीतिमा खटिदै आउनुभएका दाहाललाई यस पटक विजयी गराउन वडाबासीहरु अग्रसर बन्नु भएको छ । ‘अरुले पटक पटक मत दिँदा पनि वडाको मुहार फेरिएन, यस पटक दाहाललाई जिताउने सल्लाह भएको छ’ स्थानीय युवा दिपक बास्तोला भन्नुहुन्छ,–‘पार्टीभन्दा माथी उठेर वडाको हितमा सोच्ने बेला आएको छ ।’ वडाध्यक्षको उम्मेद्वार दाहालसँगै साझा गठबन्धनले युवालाई उम्मेद्वार बनाएपछि वडाको माहोल तातेको छ ।























