उर्लाबारी । नेकपा माओवादी केन्द्रकी प्रदेश नं. १ क की संयोजक टिकाकुमारी भट्टराई (शिला) उपमेयरको उम्मेद्वार बनेपछि माहोल बढेको छ ।
स्पष्ट र हक्की स्वभाविककी भट्टराई यस पटकको निर्वाचनमा उपमेयरमा विजयी भएर जनताको सेवामा खटिन तल्लिन हुनुहुन्छ । जनमुखी काम अझैसम्म जनताले पाउन नसकेको उहाँको भनाई छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितका दलहरु गठबन्धनमा गरेर उर्लाबारीको मेयरमा मानबहादुर श्रेष्ठ र उपमेयरमा भट्टराईलाई उम्मेद्वार बनाइएको छ । उर्लाबारीमा मेयर, उपमेयरसहित बहुमत जनप्रतिनिधिहरुले विजयी हासिल गर्ने गठबन्धनको दाबी छ ।























