उर्लाबारी । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै आउँदा उम्मेदवारहरुले चुनावी अभियानलाई तीब्र पारेका छन् ।
२०७४ सालको निर्वाचनमा सर्वाधिक मत अन्तरले विजयी हात पार्नु भएका उर्लाबारी नगरपालिकाका निवर्तमान मेयर खड्ग फागो यस पटक पनि सानदार मतका साथ जित्ने अड्कल काटिएको छ । विकासप्रेमी युवा नेताको छबी बनाउनु भएका फागोको पक्षमा जनलहर देखिएको छ । मेयरका उम्मेद्वार फागोसहितको टोलीले विभिन्न टोलमा पुगेर मतदाता भेटघाट गरिरहनु भएको छ । घरदैलो अभियान अन्तर्गत ९ वटै वडाका विभिन्न टोलहरुमा सभा तथा घरदैलो कार्यक्रम भइरहेको जनाइएको छ ।
मेयरका उम्मेदवार फागोले आफु जनताकै दुःख बुझेर निःवास्र्थ सेवा गर्ने भावनाले दोस्रो पटक पनि चुनावी मैदान होमिएको बताउनुभयो । उहाँले चुनावी अभियानका क्रममा नेपाली काँग्रेसप्रति जनलहर बढेको भन्दै प्रलोभनमा परेर क्षणिक फाइदामा आफ्नो अमुल्य मत खेर नफाल्न आग्रह गर्नुभयो । चुनावी अभियानको क्रममा फागोको पक्षमा जनलहर देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय