उर्लाबारी । नेपाली काँग्रेसबाट उर्लाबारीको मेयर पदका उम्मेद्वार खड्ग फागोले एकीकृत बस्तीका नाममा एमालेले सुकुम्बासीलाई तितरवितर पार्न खोजेको बताउनुभयो । आज उर्लाबारीमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका उम्मेद्वार फागोले सुकुम्बासीका नाममा एमालेले भ्रम छरेको बताउनुभएको हो । ‘काँग्रेसलाई बहुमत दिनुहोस’ उहाँले भन्नुभयो, ‘जहाँ सुकुम्बासी बसेका छन्, त्यहीँ धनीपूर्जा वितरण गछौं ।’ सुकुम्बासीहरुलाई धनीपूर्जा वितरणको तयारी भइरहेको बताउँदै उहाँले अब ३ प्रतिशत मात्र काम बाँकी रहेको जानकारी दिनुभयो । आफ्नो नेतृत्वमा नगरपालिकाले सुरु गरेका कार्यहरुलाई एमालेले घोषणा पत्रमा राखेर जनतामा सस्तो लोकप्रियता कायम गर्न खोजेको उहाँको भनाई छ ।
वडा समायोजनको काम थालनी भइसकेको जनाउँदै फागोले यस विषयलाई पनि एमालेले चुनावी एजेण्डा बनाएर भ्रम छर्न खोजेको बताउनुभयो । कोभिड महामारी, मुद्दामामिलाले लामो समय नगरको काम ठप्प भएको बताउँदै उहाँले साढे ३१ महिना काम गर्दा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय