उर्लाबारी । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनाबी तालमेल भएपछि कांग्रेस र एमालेलाई डर पसेको छ ।
साझा गठबन्धनबाट लोकप्रिय सामाजिक ब्यक्तित्व मानबहादुर श्रेष्ठ र उपमेयर टिकाकुमारी भट्टराई (शिला) उम्मेद्वार बन्नुभएको छ । घरदैलोको क्रममा साझा गठबन्धनको उम्मेद्वारको पक्षमा जनलहर सिर्जना भएको थियो । श्रेष्ठको टिमलाई जिताउन नगरबासीसमेत आतुर रहेका छन् । मेयरमा श्रेष्ठ, उपमेयरमा भट्टराईसँगै वडा नं. १ मा मचिन्द्र कार्की, वडा नं. २ मा मात्रिका धिमाल, ४ नम्बरमा मिलन दाहाल र ९ नम्बरमा सुन्दर श्रेष्ठले जित्ने साझा गठबन्धनको दाबी छ । साथै अन्य वडामा पनि कडा प्रतिष्पर्धा गर्दै जित्ने गरी अभियान थालिएको छ । ठूला दल कांग्रेस र एमालेलाई पराजित गरी श्रेष्ठ उर्लाबारी नगरपालिकाको दोस्रो मेयर बन्ने बताइएको छ ।























