उर्लाबारी-३ मंगलबारेमा एमालेको घरदैलो अभियान एकपछि अर्को प्रभावकारी बन्दै गएको छ । वडा नं.३मा नेकपा एमालेबाट उम्मेद्वार रहेका भिष्म बुढाथोकी लगायत उम्मेद्वारको सेटलाई नै भारी मतले विजयी गराउन वार्डका हजुरबुवा पुस्तादेखि नाति पुस्तासम्मको ऐक्यबद्धता देखिएको छ । विशेष गरी युवा र नयाँ मतदाताको जमातले उनीमाथि समर्थन गरिरहेको छ ।
उर्लाबारीमा भीष्म बुढाथोकी चर्चित नाम हो । उनी सामाजिक होस् राजनीतिक, खेलकुद हरेक क्षेत्रमा डटेर काम गर्ने जागरुक उत्साही युवाभित्र अग्रभागमा छन् । उर्जाशील, कर्तव्यनिष्ठ, जुझारु भीष्म दीनदुःखीको साहारा बनेका छन् ।
उनको सहयोगी भावनाले नै गरिव तथा अपाङ्गता भएकाहरुको मुहारमा उज्यालो छाईदिने गरेको छ । युवाले एउटा राम्रो समाज बनाउन सक्छ भन्ने दर्विलो उदाहरण बनेका बुढाथोकी वडावासीको मन जित्न सफल भएका छन् ।वडावासीको मतले वडा सदस्य बनेका भीष्मले नागरिकको मतको भरपुर कदर गरेको वडावासी बताउछन् ।
यसै जनसमर्थनलाई कायमै रहेको खण्डमा उर्लाबारी-३ मा भारी मतले एमाले उम्मेद्वारहरु विजयी हुने स्थानीयको आँकलन छ । एमाले उम्मेद्वारको समर्थनमा शनिबार वार्डका विभिन्न स्थानमा उल्लेख्यीय सहभागितामा घरदैलो भेटघाट र र्याली समेत निस्किएको छ । जसमा बाक्लो युवा जमातले उनलाई पछ्याइरहेको छ । उनीहरुले मतदातालाई सूर्यमा भोट गरेर एमालेलाई जिताउन आग्रह गरेका छन् ।
वडामा एकाएक भिष्मको पक्षमा माहौल बढेपछि अन्य अध्यक्षका प्रत्यासी उम्मेद्वारलाई धेरै चुनौती बढेको छ ।
यसअघिको निर्वाचनमा वडा नं. ३ मा नेपाली कांग्रेसले वडाअध्यक्ष सहित अन्य तिन सदस्यमा विजयी हासिल गरेको थियो ।
शनिबार मंगलबारेमा ८सय भन्दा बढि नेता ,कार्यकर्ता तथा स्थानियवासीहरुको उपस्थितीमा सम्पन्न भएको विशाल र्यालीले वडामा पुन: नेकपा एमालेले आफ्नो वचर्श्व कायम राख्ने स्थानिय बताउँछन् । २०७४ सालअघि मंगलबारे क्षेत्र एमालेको लाल किल्ला रहेकाले त्यो अब पुन:एमालेको पक्षमा रहने भिष्मले दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय