उर्लाबारी । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनाबी तालमेल पश्चात उर्लाबारीमा साझा गठबन्धनको पक्षमा माहोल उर्लिएको छ ।
साझा गठबन्धनले उर्लाबारी नगरपालिकाको मेयरमा मानबहादुर श्रेष्ठ र उपमेयरमा टिकाकुमारी भट्टराई (शिला) लाई उम्मेद्वार बनाएपछि माहोल उर्लिएको हो । आज १ हजारभन्दा बढी मोटरसाइकलले उर्लाबारी नगर परिक्रममा गरेको छ । मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्यसहित जनप्रतिनिधि तथा समर्थकसहितको बृहत मोटरसाइकल ¥याली गरेको छ । उर्लाबारीमा अहिलेसम्मकै ठूलो मोटरसाइकल ¥याली प्रदर्शन गरेको साझा गठबन्धनले दाबी गरेको छ । मेयर, उपमेयरसहित बहुमत साझा गठबन्धनले जित्ने माहोल देखिएको नेकपा माओवादी केन्द्र उर्लाबारीका नगरसचिब पवन चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय