उर्लाबारी । उर्लाबारी नगरपालिकाको मेयर पदमा एमालेका गंगाप्रसाद खरेलले निरन्तर अग्रता बढाइरहनु भएको छ ।
पूर्व मेयर खड्ग फागोलाई ५ सय ८४ मत अन्तरले पछि पार्दै खरेल निरन्तर अगाडि बढिरहनु भएको हो । खरेलले २ हजार ७ सय ६२ मत ल्याउँदा फागोले २ हजार १ सय ७८ मत ल्याउनुभएको छ । त्यस्तैले साझा गठबन्धनका मानबहादुर श्रेष्ठले ५ सय ८४ मत ल्याउनुभएको छ । भोली विहानसम्म वडा नं. १, २ र ३ को गणना सकिने गरी काम भइरहेको जनाइएको छ । उर्लाबारी वडा नं. ४, ५, ६ र ७ बाट अग्रता बढाउने फागो पक्षले जानकारी दिएको छ ।























