उर्लाबारी । उर्लाबारी नगरपालिकाका नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेद्वार खड्ग फागोलाई हराउन कांग्रेस भन्नेहरु नै लागि  परे ।
फागोकै कारण कांग्रेसमय बनेको उर्लाबारीमा पुनः लाल झण्डा गाँडिएको छ । मेयरमा एमालेका गंगाप्रसाद खरेलले जित्नुभयो । फागो हराउने कांग्रेसको मिसन सफल बन्यो । पार्टीका उम्मेद्वारलाई हराउन खुलेरै लागेकालाई कांग्रेसले कार्वाहीको ‘डन्डा’ चलाउने जनाएको छ ।
फागोलाई हराउन कतिपय कांग्रेस नेता खुलेरै लागे भने कतिपय भित्री रुपमा परिचालित बनेका थिए । मतपत्र गणना हुँदा पनि मेयरको पदमा खाली, मेयरमा सूर्य र अन्यमा रुखलगायत छाप लगाइएको फेला परेको एक कांग्रेस नेताले जानकारी दिनुभयो । फागोलाई हराउन सूर्यमा मतदान गर्न उर्दी जारी गर्ने कामसम्म भएको पाइएको जानकार स्रोत बताएको छ । मेयरमा फागोसहित उपमेयर सीता कार्की, वडा नं. ३ का वडाध्यक्ष गन्जबहादुर कार्की, वडा नं. ५ मा रोहित थापा, ७ मा बीरबल थापालाई हराउन कांग्रेसभित्रबाट चलखेल भएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय