उर्लाबारी । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धन भएर चुनाब लडेपनि कुनै स्थानमा जित्न सकेन ।
नेकपा एकीकृत समाजवादीका लोकप्रिय नेता मानबहादुर श्रेष्ठलाई मेयर पदको उम्मेद्वार बनाइएको थियो । विकासप्रेमी नेताको छबी बनाउनु भएका श्रेष्ठले आफ्नै पार्टीको मत पनि पाउनु भएन । ब्यक्तिगत छबी पनि राम्रो भएका श्रेष्ठले गठबन्धन हुँदा पनि सम्मानजनक मत पाउन सक्नु भएन । उहाँले २ हजार ५३ मत मात्र पाउनु भयो । जबकी नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको २ हजार मत रहेको दाबी गर्दै आएको छ । माओवादीको पनि सोही हाराहारी मत छ । जनता समाजवादी पार्टीको पनि ५ सय हाराहारीको मत छ । ५ देखि ७ हजार श्रेष्ठले मत ल्याउने अड्कल काटिएको थियो । तर, पार्टीका धेरै जसोले सूर्यमा मतदान गरेको पाइएको मतगणना गर्नेहरुले बताएका छन् ।























