उर्लाबारी । नेपाली कांग्रेसका आधिकारीक उम्मेद्वारहरुलाई मतदान नगर्न अभियान चलाउनेहरुलाई नेपाली कांग्रेस उर्लाबारीले कार्वाहीको ‘डन्डा’ चलाउने तयारी थालेको छ बैशाख ३० को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार हराउन लाग्नेहरुलाई कार्वाही गर्ने तयारी गरेको हो । नेपाली कांग्रेस उर्लाबारी नगर कार्यसमितिको आयोजनाको बुधबार बसेको समिक्षा बैठकले पार्टीका आधिकारीक उम्मेद्वारहरुलाई कार्वाही गर्न जोडतोडले आवाज उठेको छ । कतिपयले अन्तरघातीलाई कार्वाही नभए पार्टी नै छोड्नेसम्म चेतावनी दिएको बुझिएको छ ।
बैठकमा नेपाली कांग्रेसको जिम्मेवार पदमा वसेर बैशाख ३० को स्थानीय निर्वाचनमा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र केही वडा सदस्यलाई छानीछानी अन्र्तघात गरेर हराउन लागि परेका नेपाली कांग्रेसका नेता तथा क्रियाशिलहरुलाई कार्वाही गर्ने निणर्य गरेको छ । नेपाली कांग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्वुको अध्यक्षतामा बसेको समिक्षा बैठकले वडा कार्यसमितिले पठाएका अन्र्तघात गर्नेहरुको नामावलीका आधारमा कार्वाही प्रक्रिया अगाडी बढाउने निर्णय गरेको जनाइएको छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्व महाधिवेशन प्रतिनिधि प्रकाश थापा, पूर्व जिल्ला सदस्य प्रकाश खड्गी, नेपाली कांग्रेस उर्लाबारी–२ वडा सभापति रुद्र बराल, वडा नम्वर–३ वडा सचिव साजनजंग कँुवर, पूर्व प्रदेशसभा सचिव टंकनाथ दहाल, क्षेत्रीय प्रतिनिधि विष्णु गुरागाई, पूर्व तरुण दल सभापति नारायण सिटौला, उर्लाबारी–५ पूर्व वडाध्यक्ष भानु पराजुली, क्षेत्रीय प्रतिनिधी जनक आचार्य, नेपाली कांग्रेस नगर सदस्य चेत कुमारी आचार्य, हर्क बस्नेत, केशव कार्की, पूर्व नेविसघ जिल्ला सभापति मुक्तिप्रकाश न्यौपाने, छत्रबहादुर कार्कीलगायत ५८ जना भन्दा बढीलाई कार्वाही गर्ने तयारी गरेको बताइएको छ ।
उनीहरुले स्थानिय तह सदस्य निर्वाचनमा प्रमुख पदहरुमा नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु र सर्वसाधरणहरुलाई पद नै तोकेर भोट नहाल्नु भन्ने प्रमाणहरु पाइएका कारण उनीहरुलाई कार्वाहीको दायरामा ल््याउनु परेको नेपाली कांग्रेस उर्लाबारीले जनाएको छ ।
स्थानिय तह निर्वाचनमा अन्र्तघात गर्नेहरुको लिष्ट लामै भएतापनि वडा तहबाट लिखीत प्रतिवेदन आइनसकेकाले केही दिन भित्र अन्य व्यक्तिहरुको नाम आधिकारीक रुपमा आईसकेपछि उनीहरुसहितलाई थपेर कार्वाहीका लागि उपल्लो तहमा सिफारिस गरिने नेपाली कांग्रेस उर्लाबारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय