काठमाडौँ । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
गृह मन्त्रालयको बढुवा समितिले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय भएको जनाइएको छ ।
सरकारले १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बीसी र तेस्रोमा दिवेश लोहनीलाई एआईजीमा बढुवा गरेको छ । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका छन् ।























