उर्लाबारी । मोरङको उर्लाबारीमा रिशियाना अटोमोबाइल्स प्रा.लि.ले निःशुल्क शौचालय सञ्चालनमा ल्याएको छ ।
उर्लाबारी वडा नं. ५ मा होन्डाका स्कुटर र मोटरसाइकल बिक्री गर्दै आएको रिशियाना अटोमोबाइल्सले निःशुल्क शौचालय सञ्चालनमा ल्याएको हो । यात्रुहरुको सहजताका लागि निःशुल्क शौचालय सञ्चालनमा ल्याएको सञ्चालक मिलन गौतमले जानकारी दिनुभयो । कम्पनी केन्द्रीय नीतिअनुसार निःशुल्क शौचालयको सुरुवात गरिएको उहाँको भनाई छ ।























