काठमाडौँ,भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेको छ ।
अख्तियारले आज प्रेस विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय, मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरी, अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावल र नुवाकोटको बिदुर नगरपालिका–९ का वडाध्यक्ष हरिराम भण्डारीलाई निलम्बन गर्न अख्तियारले पत्र काटेको हो ।
आयोगले भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला निर्वाचित हुने जनप्रतिनिधि स्वतः निलम्बन हुने भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्राचारसमेत गरेको छ ।























