उर्लाबारी । अल्पसंख्यक धिमाल समूदायको महान पर्व जात्रीको अवसरमा मोरङको उर्लाबारी नगरपालिकाले स्थानीय विदा दिएको छ । असार २ गते स्थानीय विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिनुभयो । उक्त दिन उर्लाबारी नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा मातहतका शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिने निर्णय भएको आज प्रकाशित सूचनामा उल्लेख छ । उर्लाबारी नगरपालिकाले धिमाल जातिलाई उर्लाबारीको पहिलो जाति घोषणा गरिसकेको छ ।























